भाग ३ · सडकमा
सडक सुरक्षा
मोटरसाइकल चालक, सवारी चालक र पैदल हिँड्नेहरूका लागि २८ सुझाव। यी ड्राइभिङ साथी एपमा भएकै शब्द हुन्, जसरी लेखिएका थिए त्यसरी नै।
मोटरसाइकल चालकहरूलाई अनुरोध
- मोटरसाईकल चलाउँदा सधै हेलमेटको प्रयोग गर्नुका साथै फित्ता पनि राम्रो संग बाँध्ने गरौं ।
- सवारी चलाउँदा Bill Book, Licence अनिवार्य रूपमा साथमा बोक्ने गरौं ।
- ट्राफिक संकेत र चिन्हहरूको पालना गरौ ।
- पैदलयात्रुलाई जेब्राक्रसिङ्गमा पहिलो प्राथमिकता दिऔ ।
- लेन अनुशासन को पालना गरौं ।
- मादक पदार्थ तथा लागु औषध सेवन गरी सवारी नचलाऔं ।
- तिव्र गती र जिक जाक गरी सवारी नचलाऔं ।
- प्रतिस्पर्धा र लापरवाहीसाथ सवारी नचलाऔं ।
- ठूलो आवाज तथा ध्वनि प्रदूषण गर्ने सवारी नचलाऔं ।
- दाहिनेबाट वा सुरक्षित अवस्थामा मात्र ओभरटेक गरौं ।
- सडकमा धैर्यता राखौं, अनावश्यक हर्न नबजाऔं ।
- सवारी चलाउँदा मोबाईल फोन का प्रयोग नगरौं ।
- सवारी चलाउँदा सुरक्षित दुरी कायम गरी चलाऔं ।
- लेन परिवर्तन गर्दा, दाहिने/बाँया मोड्दा या ओभरटेक गर्दा साईड मिरर र साईड लाईट सधै प्रयोग गरौं ।
- चोक, जंक्शन र धुम्तीमा ओभरटेक नगरौं ।
- गोल घुम्ती, चौबाटो र मुल सडकको सवारीलाई प्राथमिकता दिऔं ।
- रातको समयमा हाई लाईट बालेर सवारी नचलाऔं ।