Skip to content

Contents

Page 27 of 58Page 27 of 58ने

Part 3 · On the road

Road safety

28 reminders for riders, drivers and people on foot. These are the same words the Driving Sathi app carries, kept in Nepali as they were written.

For riders & drivers

  • मोटरसाईकल चलाउँदा सधै हेलमेटको प्रयोग गर्नुका साथै फित्ता पनि राम्रो संग बाँध्ने गरौं ।
  • सवारी चलाउँदा Bill Book, Licence अनिवार्य रूपमा साथमा बोक्ने गरौं ।
  • ट्राफिक संकेत र चिन्हहरूको पालना गरौ ।
  • पैदलयात्रुलाई जेब्राक्रसिङ्गमा पहिलो प्राथमिकता दिऔ ।
  • लेन अनुशासन को पालना गरौं ।
  • मादक पदार्थ तथा लागु औषध सेवन गरी सवारी नचलाऔं ।
  • तिव्र गती र जिक जाक गरी सवारी नचलाऔं ।
  • प्रतिस्पर्धा र लापरवाहीसाथ सवारी नचलाऔं ।
  • ठूलो आवाज तथा ध्वनि प्रदूषण गर्ने सवारी नचलाऔं ।
  • दाहिनेबाट वा सुरक्षित अवस्थामा मात्र ओभरटेक गरौं ।
  • सडकमा धैर्यता राखौं, अनावश्यक हर्न नबजाऔं ।
  • सवारी चलाउँदा मोबाईल फोन का प्रयोग नगरौं ।
  • सवारी चलाउँदा सुरक्षित दुरी कायम गरी चलाऔं ।
  • लेन परिवर्तन गर्दा, दाहिने/बाँया मोड्दा या ओभरटेक गर्दा साईड मिरर र साईड लाईट सधै प्रयोग गरौं ।
  • चोक, जंक्शन र धुम्तीमा ओभरटेक नगरौं ।
  • गोल घुम्ती, चौबाटो र मुल सडकको सवारीलाई प्राथमिकता दिऔं ।
  • रातको समयमा हाई लाईट बालेर सवारी नचलाऔं ।