भाग ३ · सडकमा
सडक सुरक्षा
पैदलयात्रीहरूलाई अनुरोध
- पैदलयात्रीले जेब्राक्रसिङ्ग र आकाशेपुलबाट मात्रै बाटो काटौं ।
- बाटो काट्दा सडक र दुई तर्फको सवारीको गति र अवस्था हेरेर मात्र बाटो काटौं ।
- ट्राफिक बत्ति वा ट्राफिक प्रहरीको ईशारा अनुसार सवारी साधन रोकेको अवस्थामा मात्र बाटो काटौं ।
- बाटो काट्दा समूह बनाएर मात्र पंक्तिमा बाटो काटौं ।
- बाटो काट्दा मोबाईल फोन प्रयोग, साथीसंग गफगाफ वा अन्य अशोभनिय हर्कत नगरौं ।
- सवारी चाप र गती बढी भएको स्थानबाट बाटो नकाटौ ।
- पैदलयात्रुले सडकको प्रयोग गर्दा जहिले पनि सडक पेटी भएको स्थानमा सडक पेटी र नभएको सडक सडकको दाहिने किनारा प्रयोग गरौं ।
- जेब्राक्रसिङ्ग र आकाशेपुल नभएको स्थानहरूमा बाटो काट्नु पर्ने भएमा सड़क खाली भएको वा सवारीको गति कम भएको अवस्थामा समूह बनाएर सवारी चालकलाई हातले रोक्ने संकेत दिएर मात्रै बाटो काटौं ।
- सडक पेटी तथा जेब्राक्रसिङ्गको प्रयोग गर्दा अरूलाई वेवास्ता गरी तछाड मछाड गर्दै बाटो नकाटौं ।
- रातको समयमा हिंड्दा चम्कने वा टल्किने लुगाको प्रयोग गर्नुहोस् ।
- बालबालिकालाई सडकको बाहिरी किनारातर्फ हात समाएर हिँडाउनुहोस् तर एक्लै सडकमा नछोड्नुहोस् ।