भाग २ · ट्राफिक चिन्ह
आदेशमूलक चिन्ह
गोलो प्लेटले आदेश दिन्छ: रातो घेराले निषेध जनाउँछ, निलो गोलोले निर्देशन दिन्छ।
रोक र जान देउसवारी पूर्ण रूपमा रोकेर मात्र अगाडि बढ्नुपर्छ।
मूल सडक या गोल घुम्तीमा चल्नेलाई पहिले जान देउमूल सडक या गोल घुम्तीमा चल्ने सवारीलाई पहिले जान दिनुपर्छ।
प्रवेश निषेधयो चिन्ह भएको सडकमा कुनै पनि सवारी साधन प्रवेश गर्न पाइँदैन।
रोक (अस्थायी) चिन्हसडक मर्मत वा अस्थायी अवरोधमा देखाइने रोक पाटी हो, पूरै रोकिनुपर्छ र जाऊ संकेत नआएसम्म पर्खनुपर्छ।
सवारी भार सीमाचिन्हमा लेखिएभन्दा बढी कुल तौल भएका सवारी साधन जान पाइँदैन।
दाहिने मोड्न निषेधयहाँबाट दाहिने मोड्न पाइँदैन।