भाग २ · ट्राफिक चिन्ह
आदेशमूलक चिन्ह
बायाँ मोड्न निषेधयहाँबाट बायाँ मोड्न पाइँदैन।
यु टर्न निषेधयहाँ यु टर्न लिन पाइँदैन।
सवारी उचाई सीमाचिन्हमा लेखिएभन्दा अग्ला सवारी साधन जान पाइँदैन, प्रायः होचो पुल वा सुरुङअगाडि राखिन्छ।
अधिकतम गतियस चिन्हमा लेखिएको गतिभन्दा बढी गतिमा सवारी चलाउन पाइँदैन।
रोक, हेर र जाऊपूरै नरोकी यो ठाउँ कट्न पाइँदैन, रोकेर, हेरेर, बाटो खाली भएपछि मात्र जानुपर्छ।