भाग २ · ट्राफिक चिन्ह
चेतावनीमूलक चिन्ह
अगाडी अस्थायी सडकअगाडि डाइभर्सन (अस्थायी बाटो) छ, मूल बाटो छोडेर घुमाइएको बाटोमा जानुपर्ने हुन्छ।
अस्थायी सडकको दिशाडाइभर्सन (अस्थायी बाटो) जाने दिशा बाणले देखाउँछ।
टी-जंक्शन (दाहिने वा बायाँ मोड)बाटो टुंगिने ठाउँमा अगाडि फर्काएर राखिने पाटी हो, दायाँ वा बायाँ जतातिर पनि मोड्न सकिन्छ।
तीखो मोड (अस्थायी बाटो)तीखो मोड वा मोडिएको अस्थायी बाटोको बाहिरी छेउमा राखिने पाटी हो, बाणले देखाएकै दिशातिर बाटो मोडिन्छ।
खतरनाक बाधासडकमा वा छेउमा रहेको अवरोधमा राखिने धर्के पाटी हो, त्यसबाट पन्छिएर जानुपर्छ।