भाग २ · ट्राफिक चिन्ह
चेतावनीमूलक चिन्ह
रेल गाडी (गेट नभएको)अगाडि गेट नभएको रेल क्रसिङ छ, रोकेर, दुवैतिर हेरेर, खाली भएपछि मात्र काट्नुपर्छ।
पदयात्रीले बाटो काट्ने ठाउँपैदल यात्रीले बाटो काट्ने ठाउँ।
खतराअगाडि खतरा छ, कस्तो खतरा हो, छुट्टै चिन्ह नभएको अवस्थामा यो राखिन्छ।
गिट्टी उछिट्टिन सक्नेबाटोको गिट्टी पाङ्ग्राले उछिट्ट्याउन सक्छ, गति घटाएर अगाडिको सवारीदेखि टाढै रहनुपर्छ।
चिप्लो बाटोअगाडि बाटो चिप्लो हुन सक्छ, गति घटाएर, एक्कासि ब्रेक नलगाई चलाउनुपर्छ।