Skip to content
Driving SathiनेGet the app

Road safety

28 reminders for riders, drivers and people on foot. These are the same words the Driving Sathi app carries, kept in Nepali as they were written.

मोटरसाइकल चालकहरूलाई अनुरोध

For riders & drivers

  1. 1

    मोटरसाईकल चलाउँदा सधै हेलमेटको प्रयोग गर्नुका साथै फित्ता पनि राम्रो संग बाँध्ने गरौं ।

  2. 2

    सवारी चलाउँदा Bill Book, Licence अनिवार्य रूपमा साथमा बोक्ने गरौं ।

  3. 3

    ट्राफिक संकेत र चिन्हहरूको पालना गरौ ।

  4. 4

    पैदलयात्रुलाई जेब्राक्रसिङ्गमा पहिलो प्राथमिकता दिऔ ।

  5. 5

    लेन अनुशासन को पालना गरौं ।

  6. 6

    मादक पदार्थ तथा लागु औषध सेवन गरी सवारी नचलाऔं ।

  7. 7

    तिव्र गती र जिक जाक गरी सवारी नचलाऔं ।

  8. 8

    प्रतिस्पर्धा र लापरवाहीसाथ सवारी नचलाऔं ।

  9. 9

    ठूलो आवाज तथा ध्वनि प्रदूषण गर्ने सवारी नचलाऔं ।

  10. 10

    दाहिनेबाट वा सुरक्षित अवस्थामा मात्र ओभरटेक गरौं ।

  11. 11

    सडकमा धैर्यता राखौं, अनावश्यक हर्न नबजाऔं ।

  12. 12

    सवारी चलाउँदा मोबाईल फोन का प्रयोग नगरौं ।

  13. 13

    सवारी चलाउँदा सुरक्षित दुरी कायम गरी चलाऔं ।

  14. 14

    लेन परिवर्तन गर्दा, दाहिने/बाँया मोड्दा या ओभरटेक गर्दा साईड मिरर र साईड लाईट सधै प्रयोग गरौं ।

  15. 15

    चोक, जंक्शन र धुम्तीमा ओभरटेक नगरौं ।

  16. 16

    गोल घुम्ती, चौबाटो र मुल सडकको सवारीलाई प्राथमिकता दिऔं ।

  17. 17

    रातको समयमा हाई लाईट बालेर सवारी नचलाऔं ।

पैदलयात्रीहरूलाई अनुरोध

For pedestrians

  1. 1

    पैदलयात्रीले जेब्राक्रसिङ्ग र आकाशेपुलबाट मात्रै बाटो काटौं ।

  2. 2

    बाटो काट्दा सडक र दुई तर्फको सवारीको गति र अवस्था हेरेर मात्र बाटो काटौं ।

  3. 3

    ट्राफिक बत्ति वा ट्राफिक प्रहरीको ईशारा अनुसार सवारी साधन रोकेको अवस्थामा मात्र बाटो काटौं ।

  4. 4

    बाटो काट्दा समूह बनाएर मात्र पंक्तिमा बाटो काटौं ।

  5. 5

    बाटो काट्दा मोबाईल फोन प्रयोग, साथीसंग गफगाफ वा अन्य अशोभनिय हर्कत नगरौं ।

  6. 6

    सवारी चाप र गती बढी भएको स्थानबाट बाटो नकाटौ ।

  7. 7

    पैदलयात्रुले सडकको प्रयोग गर्दा जहिले पनि सडक पेटी भएको स्थानमा सडक पेटी र नभएको सडक सडकको दाहिने किनारा प्रयोग गरौं ।

  8. 8

    जेब्राक्रसिङ्ग र आकाशेपुल नभएको स्थानहरूमा बाटो काट्नु पर्ने भएमा सड़क खाली भएको वा सवारीको गति कम भएको अवस्थामा समूह बनाएर सवारी चालकलाई हातले रोक्ने संकेत दिएर मात्रै बाटो काटौं ।

  9. 9

    सडक पेटी तथा जेब्राक्रसिङ्गको प्रयोग गर्दा अरूलाई वेवास्ता गरी तछाड मछाड गर्दै बाटो नकाटौं ।

  10. 10

    रातको समयमा हिंड्दा चम्कने वा टल्किने लुगाको प्रयोग गर्नुहोस् ।

  11. 11

    बालबालिकालाई सडकको बाहिरी किनारातर्फ हात समाएर हिँडाउनुहोस् तर एक्लै सडकमा नछोड्नुहोस् ।