भाग ५ · लिखित परीक्षापछि
ट्रायल
धेरै सोधिने प्रश्न
- ट्रायलमा आफ्नै सवारी साधन लैजानुपर्छ?
- पर्छ। परीक्षामा प्रयोग हुने सवारी साधन परीक्षार्थी आफैँले मिलाउनुपर्ने व्यवस्था छ, त्यसैले यो दिनअघि नै जान्नु राम्रो हुन्छ।
- ट्रायल कति पटक दिन पाइन्छ?
- तीन पटक, पहिलो पटक असफल भएको मितिबाट गन्दा अठार महिनाभित्र। तीन पटकपछि नब्बे दिन कुरेर नयाँ फारम भर्नुपर्छ।
- मिति र स्थान कहिले थाहा हुन्छ?
- लिखितको नतिजा आएपछि कार्यालयले दैनिक प्रकाशित गर्छ। सुनेको भरमा नभई कार्यालयकै वेबसाइट हेर्नुहोस्।
- उत्तीर्ण भएकै दिन केही पाइन्छ?
- वर्गअनुसारको राजश्व बुझाएपछि सोही दिन अस्थायी अनुमतिपत्र पाउन सकिन्छ। स्मार्ट कार्ड छापिएपछि आउँछ।