मुख्य सामग्रीमा जानुहोस्
पृष्ठ ४० / ५८पृष्ठ ४० / ५८EN

भाग ५ · लिखित परीक्षापछि

ट्रायल

उत्तीर्ण भएमा

कार्यालयले तोकेको समयभित्र वर्गअनुसारको राजश्व बुझाएपछि सोही दिन अस्थायी अनुमतिपत्र पाउन सकिन्छ। स्मार्ट कार्ड पछि छापिएर सोही कार्यालयबाट लिनुपर्छ।

अनुत्तीर्ण भएमा

  • पहिलो पटक असफल भएको मितिबाट गन्दा तीन पटकसम्म परीक्षा दिन पाइन्छ।
  • ती तीनै पटक त्यही मितिले अठार महिनाभित्र पर्नुपर्छ।
  • तीन पटक असफल भएमा नब्बे दिनपछि मात्र नयाँ फारम भर्न पाइन्छ।

रि-ट्रायल दर्ताको दिन कार्यालयअनुसार फरक हुन्छ। सुनसरीले वर्ग E, F, G, H, I र J बाहेकका लागि शुक्रबार दर्ता लिन्छ।