मुख्य सामग्रीमा जानुहोस्
पृष्ठ ४७ / ५८पृष्ठ ४७ / ५८EN

भाग ५ · लिखित परीक्षापछि

नवीकरण

कार्यालयमै नवीकरण

  1. सक्कल नागरिकता र सक्कल अनुमतिपत्र लिएर आफैँ उपस्थित हुनुहोस्।
  2. कार्यालयमा बायोमेट्रिक लिइन्छ।
  3. त्यसपछि स्वास्थ्य परीक्षण हुन्छ।
  4. कार्यालयले नवीकरण प्रमाणीकरण गर्छ।
  5. बैंक काउन्टरमा दस्तुर बुझाई रसिद लिनुहोस्।

कुन काउन्टरले के गर्छ भन्ने कार्यालयअनुसार फरक हुन्छ, त्यसैले यहाँ कोठा नम्बर लेखिएको छैन। कार्यालयकै पेजमा त्यो हुन्छ।

अनुमतिपत्र हराएमा वा बिग्रिएमा

हराएको अनुमतिपत्र नवीकरण होइन, प्रतिलिपि बन्छ, र त्यसका लागि ट्राफिक प्रहरी कार्यालयबाट हराएको सिफारिस चाहिन्छ। त्यो र सक्कल नागरिकता लिएर कार्यालय जानुहोस्; बायोमेट्रिक, प्रमाणीकरण र दस्तुर नवीकरणकै जस्तो हुन्छ, र दस्तुर बैंकमा वा अनलाइन बुझाउन सकिन्छ। eDLVRS पोर्टलमा प्रतिलिपिको अनुरोध अनलाइन पनि दिन सकिन्छ।