मुख्य सामग्रीमा जानुहोस्

भाग १ · लाइसेन्ससम्मको बाटो

आवेदन

के के चाहिन्छ

  • मान्य राष्ट्रिय परिचयपत्र (NID) नम्बर, र परिचयपत्र वा त्यसको दर्ता फारमको स्क्यान: २ MB सम्मको फोटो वा PDF
  • आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र आफ्नै इमेल; OTP दुवैमा आउँछ
  • नागरिकताको सक्कल र प्रतिलिपि
  • स्वास्थ्य परीक्षणको निस्सा, पाएपछि
  • भएको अनुमतिपत्रमा वर्ग थप्दै हुनुहुन्छ भने सक्कल अनुमतिपत्र

भएकै अनुमतिपत्रमा वर्ग थप्ने

वर्ग F (मझौला सवारी) र वर्ग G (ठूला सवारी) का लागि वर्ग B को अनुमतिपत्र लिएको कम्तीमा दुई वर्ष पुगेको हुनुपर्छ, र आवेदनसँगै सक्कल अनुमतिपत्र पेश गर्नुपर्छ।